२० भदौ, बाँके । नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको पावन अवसरमा नेपालगञ्जमा तीज महोत्सव तथा हस्तकला प्रदर्शन हुने भएको छ ।
नारी विकास केन्द्र नेपालगञ्जको आयोजनामा भदौ २२ गते देखि २४ गते सम्म संचालन हुन लागेको उक्त महोत्सवमा महिला उद्यमीले तयार पारेका हस्तकला, खानपिन परिकार, सांस्कृतिक कार्यक्रम रह्नेछ ।
Advertisement
नारी विकास केन्द्र परिसर भित्र संचालन हुने महोत्सवको मुख्य प्रायोजक के.एल.दुगड र सहप्रायोजन सिने रोयलले गरेका छन भने बैंकिङ पार्टनरमा सांग्रिला बैंक साथै नेपालगञ्ज उपमहानगरपालिका, पर्यटन डिभिजन कार्यालय कोहलपुरले सहयोग गरेका छन ।
बुधबार आयोजकले पत्रकार सम्मेलन गर्दै महोत्सवमा २५ वटा स्टल बुकिङ निशुल्क गरिएको जसमा मेला अवधिभर दर्शक सहभागी भई रमाउन सक्ने जनाएको छ ।
Advertisement
सम्मेलनमा बोल्दै महिला विकास केन्द्र नेपालगञ्जकी अध्यक्ष मिना श्रेष्ठले भनिन, ‘मुलुक भरी मैं आधा जनसंख्या भन्दा बढी हिस्सा ओगटेको नारी जगत अझै पनि आर्थिक, सामाजिक, राजनीतिक अधिकार, मानव अधिकारका क्षेत्रमा पछाडी पारिदै आएको छौं । बालविवाह, बहुबिवाह, दाइजो प्रथा, एवं घरेलू हिंसा जस्ता अनेक किसिमका सामाजिक विकृति बिसंगति र अपमानको बिष पिएर नारीहरु अझै छटपटाई रहेका छन् अशिक्षाका कारण आर्थिक रुपमा महिलाहरु आत्मनिर्भर बन्न नसक नै उल्लेखित बिभिन्न विकृतिका प्रमुख कारण हुन् ।’
उनले आधा भन्दा अवधि जनसंख्या ओगटेका नारी जगत जब सम्म शैक्षिक र आर्थिक रुपले सबल बन्न नसक्ने बताउदै थप भनिन्, ‘तब सम्म देशको आर्थिक विकास उन्नत्ति, सभ्य समाजको निर्माण हुन् सक्दैन ।’
Advertisement
उनले यसै सन्दर्भमा नारीहरुको बेदना दुखका कथा व्यथाहरु वर्षको एकपटक गीतको भाकाहरुबाट प्रकट गर्ने अवसरका रूपमा लिईदै आएको महिलाहरुको महान चाड हरितालिका तिज पर्वलाई अब दुख बेदना पोख्ने मात्र नभई, उद्दमशिल बनेर आर्थिक रूपमा आत्मनिर्भर बन्दै राष्ट्रको उन्नतिमा सहभागी बनौ भन्ने संदेशका साथ अर्थमा महिला सशक्तिकरणको बिगुल बजाउन आजको प्रमुख आवस्यकता रहेको बताईन ।
उनले यस्ता विषयलाई मध्येनजर गर्दै दशकौ देखि महिलाहरुको आर्थिक सामाजिक र राजनीतिक सशक्तिकरणका लागि बि.स. २०३२ साल देखि नारी विकास केन्द्र नामक संस्थाको बिकास भई सामाजिक विकासका लागि संस्था तल्लिन रही समाजमा काम गरिरहेको जानकारी गराईन ।
Advertisement
सोही अन्र्तगत यस बर्ष आफुहरुको नेतृत्वमा तिज महोत्वस २०८० को आयोजना गर्न लागिएको छ ।
बाँके जिल्ला र यसको आसपासका क्षेत्रहरुमा महिलाहरु उद्दमशील बन्ने क्रममा बिगत भन्दा बढ्दो अवस्थामा रहेको छ । उनीहरुबाट उत्पादित सामाग्रीहरुको प्रवद्धन र प्रचारप्रसारका लागि उचित प्रबन्ध र अवसर प्राप्त नहुँदा महिला उद्दमीहरु ओझेलमा पर्दै आएका ठहर गर्दै महिला विकास केन्द्रले यहि आवस्यकतालाई महसुस गरेर महिला उद्दमीहरुलाई टेवा पुर्याउने उद्देस्यले महोत्सव गर्ने जमर्को गरेका जनाएको छ ।
टिप्पणीहरू