Close sidebar
  • ताजा
  • लोकप्रिय
  • स्रोत नखुलेको ४४ लाख रुपैयाँ सहित सिरहामा २ जना पक्राउ 

    राजेन्द्र महतो
    १६ भदौ, सिरहा । सिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँ सहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका वडा नं. १७ माडरका ५२ बर्षिय प्रेम कुमार यादब र सोही ठाउँ वडा नं. ७ का ४२ बर्षिय  सन्जय कुमार शाह रहेका छन् ।

    Advertisement

    भारतको जयनगरबाट नेपाल तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बि.आर ७ सि ४२२४ नम्बरको कारलाइ चेकजाँच गर्ने क्रममा कार अगाडिको सिट मुनि राखेर लुकाई छिपाई ल्याएको अवस्थामा रकम सहित उनीहरुलाई सिरहा प्रहरीले पक्राउ गरेको  हो ।

    पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कार्वाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यलाय सिरहाले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »