१६ भदौ, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं युवा नेता रवि लामिछाने बाँकेको नेपालगञ्ज आउने भएका छन ।
नेपालगञ्ज उपमहानगरपालिकामा हुने भेलालाई सम्बोधन गर्न पार्टीका सभापति लामिछाने नेपालगञ्ज आउने कार्यक्रम तय भएको बाँके क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठले नाईल खबरलाई जानकारी दिए ।
Advertisement
नाईल खबर मार्फत आम नगरवासीलाई जानकारी गराउदै श्रेष्ठले भने, ‘हाम्रो पार्टीका सभापति रबि लामिछाने नेपालगञ्ज आउदैहुनुहुन्छ । सम्पूर्ण नगरवासी एवं घण्टी मित्र उक्त कार्यक्रमलाई भब्यताका साथ सफल बनाउन उपस्थित भईदिनहुन अनुरोध गर्दुछु ।’
पार्टीका सभापति लामिछाने आगामी असोज १३ गते नेपालगञ्ज आउने कार्यक्रम रहेको क्षेत्रिय सभापति श्रेष्ठले बताए ।
















टिप्पणीहरू