Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पेस्तोल सहित एक किशोर पक्राउ

    ११ साउन, सुनसरी । सुनसरीमा एक जना कटुवा पेस्तोल सहित पक्राउ परेका छन ।

    बर्जु गाउँपालिका-६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने गोली १ राउण्ड सहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    ती किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले आइतबार राति उनको कोठाबाट उक्त पेस्तोल र गोली बरामद गरेको थियो ।

    तत्काल फरार ती किशोरको खोजी गर्ने क्रममा बर्जु गाउँपालिका-५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उक्त मुद्दा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »