Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एलटियुले ल्यायो वि.टेक ईन सिएस एण्ड एआइ र वि.टेक ईन आईटी पाठ्यक्रम, भर्ना खुल्ला

    संगतिा पाठक (सन्ध्या शर्मा)

    १० भदौ, बाँके । २०७९ असार १८ गते स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले वि.टेक ईन सिएस एण्ड एआई (कम्प्युटर साइन्स एण्ड आर्टिफिसिएल ईन्टिलिजेन्स) र वि.टेक ईन आईटीका लागि भर्ना आह्वान गरेको छ ।

    Advertisement

    सूचना प्रविधि, इन्जिनियरिङ, कृषि, वन तथा पर्यटन लगायतका क्षेत्रमा उच्च शिक्षालाई अगाडि बढाउने उद्देश्यले प्रदेश व्यवस्थापिकाको ऐनले लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना गरेको हो ।

    विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा यी दुई वटा पाठ्यक्रम सुरु गरेको छ । लुम्बिनी प्रदेश सरकारले संचालनमा ल्याएको यस विश्वविद्यालयले शुल्क ४ वटा वर्गमा विभाजन गरेको कुलसचिव रेग बहादुर भण्डारीले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार साधारण शुल्क भनेर सिएस र एआईको लागि एक लाख २९ हजार पाँच सय रुपैँया र आईटीका लागि एक लाख १५ हजार रुपैँया रहेको छ ।

    उनले यस शुल्कको विषयमा अझै विस्तृतमा भने, ‘मैले हिसाब गर्दा मासिक २२ सय रुपैँया जति शुल्क पर्दो रहेछ ।’

    Advertisement

    अर्को प्रायोजित वर्ग रहेको छ । जसमा विश्वविद्यालयले पालिकाहरु संग सहकार्य गरेर विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा स्थानीय तहको सहयोगमा यो कार्यक्रम संचालन हुने विश्वविद्यालयले जनाएको छ ।

    नाईल खबर संगको अन्तरवार्तामा कुलसचिव भण्डारीले भने, ‘यी वर्गमा नपर्ने बाहेक अर्को विश्वविद्यालयले विभिन्न क्षेत्रमा आरक्षित कोटामा हामीले छात्रवृत्ति प्रदान गछौं । यसमा पछाडि परेका वर्गहरु र नेपाल सरकारले तोकेको वर्गलाई समानुपातिक रुपमा मिलाएर चार जनालाई पूणर् छात्रवृत्ति दिन्छौं ।’

    Advertisement

    यस्तै विश्वविद्यालयले पूर्ण शुल्किय वर्ग समेत निर्धारण गरेको छ । जसमा सिएस र एआई पाठ्यक्रमका लागि पाँच लाख १७ हजार पाँच सय रुपैँया र आईटी तर्फ चार लाख ६० हजार रुपैँया शुल्क तोकिएको छ ।

    कुलसचिव भण्डारीले यस वर्गलाई विषलेशण गर्दै भने, ‘तुल्नात्मक रुपमा जुन प्राइभेट विद्यालयमा बढी शुल्क लिने चलन छ त्यो भन्दा हाम्रोमा एक तिहाई सस्तो पर्दछ ।’

    नेपालकै ईन्जिनियरिङ कलेज र अन्य प्राइभेटमा लगभग १० लाख देखि १६ लाख सम्म लिएको आफुसंग प्रमारण रहको भण्डारीले दावी गरे । छिमेकी राष्ट्रमा पनि चार वर्षमा २० लाख जति शुल्क मात्रै तिर्ने गरिएको उनले बताए ।

    सस्तो शुलभमा गुणस्तरिय र व्यवहारिक शिक्षा दिने उद्देश्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले यसै वर्ष देखि नयाँ कार्यक्रम ल्याएको छ ।

    यति बेला नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक शिक्षा नभएको र अध्ययनका लागि विद्यार्थी बाहिर गईरहेको आरोप लागेको छ । भण्डारीले व्यवहारिक शिक्षाको विषयमा भने, ‘यस आरोपलाई मध्यनजर गर्दै व्यवहारिक शिक्षा कसरी बनाउन सकिन्छ ? मुल्याङकन पद्दतीमा गुणस्तर कायम राख्न र कसरी लचिलो बनाउन सकिन्छ ? सिप बढाउने माध्यमहरु के के हुन सक्छन । प्राेजेक्ट गृहलाई ध्यान दिएर सिप संग विद्यार्थीलाई कसरी जोड्न सकिन्छ भन्ने मध्यनजर राखेर हामीले अरु भन्दा फरक र पृथक तरिकाले हामी अगाडि बढने सोच बनाएका छौं ।’

    यी वटा पाठ्यक्रमको विकास गर्नका लागि बिभिन्न विज्ञहरु संग परामर्श लिईरहेको र बजारको समेत अध्ययन गरी रहेको विश्वविद्यालयका डिन कीर्ति कुसुम जोशीले जानकारी दिए ।

    उनले भने, ‘अहिलेको समय अनुकुल रोजगारी संग जोडिने किसिमले कार्यक्रमहरु बिकास गरिएको छ ।’

    संसरमा सूचना प्रविधिको व्यापक परिवर्तन भईरहेको डिन जोशीले बताए । उनले भने, ‘दुई तीन वर्षमै व्यापक परिवर्तन आएको देख्न सकिन्छ । अहिले विद्यार्थीहरुले पनि च्याट जिपिटीको प्रयोग गरी रहेका छन ।’

    विश्वविद्यालयले गत भदौ ६ गते नै भर्ना आहृवान गरीसकेको छ । असोज ५ गते भित्र ईच्छुक विद्यार्थीहरुले अनलाईन मार्फत र्फम भर्न सक्नेछन । र्फमको लागि विश्वविद्यालयले १५ सय शुल्क निर्धारण गरेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »