Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एमसीसी माथि व्याख्यात्मक टिप्पणी बारेमा प्रश्न उठिरहेको छ : अध्यक्ष नेपाल

    ११ भदौ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना ‘मिलेनियम च्यालेन्स कर्पोरेशन’ (एमसीसी) को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताएका छन ।

    अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सोमबार अध्यक्ष नेपालले यस्तो बताएका हुन । एमसीसीको व्याख्यात्मक टिप्पणी बारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताए ।

    Advertisement

    उनले राष्ट्रियता सँग जोडिएका जल्दाबल्दा समस्याहरू देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गरे । सिमाना सँग जोडिएका विषयवस्तुहरू चुनौतीको रुपमा आइरहेको भन्दै त्यसलाई छलफल र संवादबाट टुङ्ग्याउनुपर्ने नेपालले सुझाए ।

    सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘राष्ट्रियता सँग जोडिएका जल्दाबल्दा जल्दाबल्दा विषयहरु छन् । एमसीसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ कि छैन भन्नेबारेमा पनि कुरा उठिसकेको छ । हाम्रो सिमानासँग जोडिएका विषयवस्तुहरू पनि आएका छन् । सीमानासँग जोडिएको विषयवस्तुभित्र संवेदनशील कुराहरू छन् ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »