नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट सदस्य पदका दावेदर हुन यूराज ढकाल । निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता हुन ढकाल ।
सरल स्वभावका ढकाल विगत २६ वर्ष देखि थोक विक्रेता व्यवसायमा आवद्ध रहेका छन । उनी प्रगति फेन्सी स्टोरका संचालक हुन । २०५४ साल देखि व्यवसाय गर्दै आएका छन । यस अन्तरालमा १२ वर्ष फुटकर र १४ वर्ष होलसेल व्यवसायमा आवद्ध रहेको इतिहास छ ।
Advertisement
बुबा विष्णु प्रसाद ढकाल र आमा क्षमादेवी ढकालको कोखबाट जन्मिएका ढकालको जन्म २०३४ साल फाल्गुन २१ गते भएको थियो । सुन्दर जिल्ला गुल्मीको चन्द्रकोट २ जोगी स्थानमा जन्मिएका ढकाल खजुराको प्रतिनिधित्व गर्न अहिले नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्र्वाचनमा होमिएका छन ।
उनी विभिन्न संघ संस्थाबाट सम्मानित समेत भईसकेका छन । उनी परखर परोपकार भिजन क्यान्स। हस्पिटल, लायन्य क्लब नेपालगञ्ज, एसो एस बाल ग्रामबाट सम्मानित भईसकेका छन ।
Advertisement
उनी बिभिन्न संघ संस्थामा आवद्ध रहेर सामाजिक कार्यमा अग्रसर रहेका छन । ढकाल एसो एस बालग्रामको सहयोगी दाता समेत हुन । उनी नेपाल भारत मैत्री सेवाको आजिवन सदस्य, गुल्मेली सेवा समाजको सदस्य, चितवन सेवा समाजको सदस्य, ढकाल सेवा समाजको सदस्य, नवदेश्वर शिव मन्दिर न्यूरोडको आजिवन सदस्य समेत हुन ।
उनी रेडिमेड कपडा व्याग वयवसाय समिति बाँकेको पुर्व कोषाध्यक्ष, लायन्स क्लब अफ नेपालगञ्ज सेन्ट्रलको संस्थापक सदस्य एवं २०१८-१९ को अध्यक्ष, सुशिल कोइराला परोपकार अस्पताल खजुराको आजिवन सदस्य, घरवारीटोल युवा समितिका संस्थापक सदस्य, द आर्ट अफ लिभिङ्गको सदस्य समेत रहेका छन ।
Advertisement
उनका दुई जना सन्तान छन । ढकाल जेठी छोरीलाई पाईलट बनाउन सफल भएका छन भने कान्छो छोरा कक्षा १० मा अध्यनरत छन ।
उनी व्यवसायको सिलसिलामा चीन र भारत भ्रमण गरिसकेका छन ।
टिप्पणीहरू