१६ साउन, बाँके । नेपाल सरकार अन्र्तगत संघीय अस्पताल ‘सुशील कोईराला प्रखर क्यान्सर अस्पताल’ लाई स्थापना गर्ने प्रखर परोपकार मिसन नेपाल खजुराको अध्यक्षमा महेन्द्र मल्ल निर्विरोध चयन भएका छन ।
बाँकेको खजुरा गाँउपालिका स्थित रहेको उक्त क्यान्सर अस्पतालको समितिमा नयाँ नेतृत्व चयन भएको हो । आजिवन सदस्य मल्लको नेतृत्वमा १४ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।
Advertisement
मंगलबार भएको एघारौं साधारणसभा मार्फत अध्यक्षमा मल्ल, बरिष्ठ उपाध्यक्षमा सुदिप पौडेल, उपाध्यक्षमा शेर बहादुर बुढाथोकी, महासचिवमा बिबेक लामिछाने, सचिवमा लेखनाथ सापकोटा, कोषाध्यक्षमा तारामणि अधिकारी, सहसचिवमा जिवनाथ सापकोटा, सदस्यमा होमराज पौडेल, बिकास सापकोटा, बालकृष्ण लामिछाने, पूर्णलाल चुके, दिपक ढकाल, अब्दुल कादिर शेष र रामचरण बि.सी.सर्वसम्मत चयन भएका प्रमुख निर्वाचन अधिकृत एवं अधिवक्ता ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए ।
टिप्पणीहरू