संजय कुशवाहा
१५ साउन, नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा न. १ बासा स्थित एक पुरुष मृत अबस्थामा फेला परेका छन ।
आईतवार साँझ बासास्थित पुर्व-पश्चिम राजमार्गको दक्षिण तर्फको नालिको पानीमा मृत अबस्थामा शव फेला परेको प्रहरीले जनाएको हो । मृत शवको पहिचान हुन सकेको छैन ।
Advertisement
मृत शवको वणर् कालो, उचाई करिब ५.७ ईन्च, कपाल छोटो, कपडा खैरो फुल सर्ट, खैरो रंङको पाईन्ट लगाएको वर्ष ४०/४५ को पुरुषको शव घोप्टो परी नालीको पानीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।
शव फेला परेको खबर प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक कार्य पुरा गरी शव पोस्टमार्टमका लागी पृथ्वी चन्द्र अस्पताल परासीमा पठाएको छ । शवको बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको हो ।














टिप्पणीहरू