संजय कुशवाहा
१५ साउन, नवलपरासी । पश्चिम नवलपरासीमा ठूलो परिमाणमा लागू औषध सहित एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागु औषध विक्री गरेको भन्ने प्राप्त सुचना अनुसार सोमबार दिउँसो खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ६ स्थितमा रहेको रामपती अग्रहरीको घरमा डेरा कोठा लिइ बस्ने वर्ष ४० कि गंगोत्री बनियाको कोठा खानतलासी गर्दा भान्सा कोठामा रहेको प्लाष्टिकको बाटा गमलामा रातो कपडाले ढाकेर राखेको लागूऔषध फेला परेको हो ।
Advertisement
बोराको झोलामा डाइजि पाम, फनारगन, बुफ्रेनोरफिन गरी ४ सय २३ एम्पुल, नाइट्रोभेट ट्याव्लेट १ सय ३६ पिस, SPMPRX+ WOCKHARD लेखेको निलो क्याप्सुल १ सय ९० पिस औषधीजन्य लागु औषध प्रहरीले फेला परेको प्रहरीले जनाएको छ ।
लागु औषध फेला परेपछि प्रहरीले बनियालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा ल्याएर थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
टिप्पणीहरू