६ साउन, बाँके । बाँकेको नेपालगञ्ज स्थित रहेको बसपार्कको फोहर व्यवस्थापनमा व्यापक सुधार आएको छ । ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को आयोजनामा गत शनिवार देखि शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क क्षेत्रमा सरसफाई अभियान पश्चात सकारात्मक सुधार भएको प्रतिक्रया आएको छ ।
‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं : वातावरण मैत्री विकल्पको उपयोग गरौं’ मुल मन्त्रका साथ थालिएको यस अभियानमा अस्थाई प्रहरी बिट, नेपालगञ्ज बसपार्क र शिवशक्ति जनरल एण्ड सप्लायर्स नेपालगञ्जको सहकार्य रहेको छ ।
Advertisement
प्रत्येक साताको शनिवार जनचेतनामुलक सरसफाईका लागि यस अघि नै निर्धारण गरिएको तालिका अनुरुप आज पनि बसपार्क क्षेत्रमा सरसफाई गरिएको महासंघका लागि बाँकेका संयोजक प्रमत कुमार श्रेष्ठले नाईल खबरलाई जानकारी गराए ।
बसपार्कको फोहर पुणर् रुपमा निर्मुल नहुँदा सम्म यस अभियानलाई जारी राख्ने र फोहर व्यवस्थापनका लागि कडाईका साथै विभिन्न सरोकारवाला स्थानीय सरकार र नियमन संघ संस्थासंग आवश्यक समन्वय गर्ने महासंघले प्रतिक्रिया दिएको छ ।
Advertisement
यस अघि गरिएको सरसफाईका क्रममा बसपार्क क्षेत्रमा फोहर, गुटखा लगायत सुर्ती जन्य पदार्थको खोस्टा, होटल तथा पसलबाट निस्किएका फोहर, टर्मिनल भवनमा रहेका टिकट काउन्टर, शौचालय समेत प्रयोग गर्न नसक्नेगरी फोहर बनाएको अवस्थामा पाईएपछि महासंघले अभियान नै थालेको छ । कम समयमै यस अभियानले सकारात्मक परिणाम दिएको खुसी व्यक्त गर्दै महासंघका संयोजक श्रेष्ठले अब यस क्षेत्र भित्र सुर्तीजन्य पर्दाथलाई समेत सम्बन्धित निकायसंग आवश्यक समन्वय गरेर निषेध गर्ने योजना रहेको बताए ।
उनले भने, ‘पहिला भन्दा अहिलो धेरै सुधार भएको महसुस गरिएको छ । यो मलाई मात्र होईन यस अभियानमा खटिएका समग्र सदस्यले महसुस गर्नुभएको छ । एकै पटक सुधार हुन नसकेपनि यस अभियानबाट धेरै परिवर्तन आएको छ । शौचालय पनि पहिलाको तुलनामा सफा रहेको पाईएको छ । निरन्तर हाम्रो प्रयास र समिति तथा व्यवसायीहरुको समन्वयले पक्कैपनि बसपार्कमा सुधार आउने हामी विश्वस्त छौं ।’
Advertisement
अबको दिनमा बसपार्क क्षेत्रमा फोहर जताभावी फाल्ने विरुद्ध कार्वाही स्वरुप जरिवाना गर्ने नीति कडाईका साथ लागु गर्न नगरलाई दवाव दिने तथा आवश्यक समन्वय गर्ने महासंघले जनाएको छ ।
टिप्पणीहरू