Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज लुम्बिनी सहित यी प्रदेशमा पानी पर्ने सम्भावना

    ९ असार, काठमाडौं । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ।

    सो मौसमी प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दूई स्थानमा मेघ-गर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

    Advertisement

    महाशाखाका अनुसार शनिवार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    शनिवार राति देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    Advertisement

    वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »