Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बालबालिकालाई उल्टी किन हुन्छ ? भए के गर्ने ?

    खाना  पश्चात पेटमा जम्मा भएको खाद्य पदार्थहरु नाक वा मुखबाट बाहिर निस्कने प्रक्रियालाई उल्टी (बान्ता  हुनु भनिन्छ । खाना खाइरहेको बेला बाहेक अन्य समयमा खाद्य नलीको तल्लो भाग बन्द अबस्थामा रहेको हुन्छ । तर कुनै कारणवश उक्त भाग खुकुलो हुन गयो वा पेटभित्र एक्कासि चाप बढ्यो भने आमाशयमा रहेको पदार्थ बान्ताको रुपमा बाहिर आउँछ ।

    मेनिन्जाइटिस तथा टाउकोमा चोटपटक लाग्दा  टाउको भित्र चाप बढ्दा उछिटिने गरी कतिपय बालबालिकाहरुलाई बमन हुनसक्छ ।

    Advertisement

    कतिपय ( केटा ) बच्चामा जन्मजात रुपमा आमाशयको तल्लो भाग (पाइलोरस) संकुचन हुन गएमा जन्मेको दुई हप्तादेखि तारन्तार बान्ता हुन्छ । नलीमा बाह्य बस्तु अड्किएमा पनि वाकवाकी लागी बान्ता हुनसक्छ ।

    उल्टी गराउने विविध कारणहरुमध्ये मुख्य कारण पत्ता लगाउन रगत, दिसा, पिसावको साथै ढाडबाट निकालिएको पानीको जाँच तथा कहिलेकाही औषधि प्रयोग गरी लिएको विशेष खालको एक्सरे, भिडियो एक्सरे(अल्ट्रासाउन्ड) । सिटी स्क्यानको पनि जरुरत पर्न सक्छ ।

    Advertisement

    बालबालिकाहरुमा विशेष गरी एक  वर्ष मुनि आमाको दुध तथा अनि खाना को राम्रोसंग पाचन नहुदा पनि उल्टी हुने प्रबल  सम्भावना हुन्छ । साथै धेरै  मात्रामा लगातार खाना तथा दुध खुवाई रखादा पनि उल्टी हुने प्रबल  सम्भावना हुन्छ । यस्तो बेलामा  बालबालिकालाइ राम्रो संग पाचन हुने कुरा खुवाउनु पर्छ साथै दुध लाइ केहि समयको अन्तरलमा खुवाउनु पर्छ  ।

    बालबालिकाहरुमा विशेष गरी (पाच  वर्ष मुनि) उच्च ज्वरो (१०० डिग्री भन्दा बढी ) आउने बित्तिकै उल्टी हुने प्रबल  सम्भावना हुन्छ ।

    Advertisement

    उल्टी लाग्नुको कारण पत्ता लगाई सो अनुसार उपचार गर्नुपर्छ । एपेन्डिक्स, आन्द्रा बटारिएका तथा टाँसिएका, पाइलोरस संकुचित भएको बालबालिकाहरुलाई शल्यक्रियाको जरुरत पर्न सक्छ । संक्रामक रोग तथा जुकाको लागि क्रमशः प्रतिजैविक (एन्टिबायोटिक वा एन्टिमाइक्रोबियल) तथा जुकाको औषधीको आवश्यकता पर्दछ ।

    अपरेसन गर्नु नपर्ने साधारण प्रकारको उल्टीका लागि केही दिनको लागि सो रोक्ने औषधी दिन सकिन्छ । तर उल्टीसँगै उच्च ज्वरो आउनु, कम्पन छुटनु, रक्तचाप घट्नु, बेसुरमा कुरा गर्नु, झिँजो मान्नु, च्याँठिएर पटक–पटक रुनु राम्रो लक्षण होइन । यस्तो स्थितिमा चिकित्सकसँग सल्लाह लिई आवश्यक उपचार गराउनुपर्दछ ।

    Advertisement

    – महिला स्वास्थ्यबाट

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »