Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरी १८ गते विश्वासको मत लिने

    १५ वैशाख, बाँके । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले यही वैशाख १८ गते विश्वासको मत लिने भएका छन् ।

    शुक्रबार देउखुरीमा गोपनियताको शपथ र पदभार ग्रहण पछि बसेको मन्त्रिपरिषदको बैठकले सोमवार विश्वासको मत लिने निणर्य गरेको हो ।
    आजको बैठकले स्थानीय उत्पादनलाई प्राथमिकता दिदै बजारीकरण गरेर रोजगारी सृजना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पुर्‍याउने गरी कार्यक्रम निर्माण, लुम्बिनी प्रदेशलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने निणर्य गरिएको बताइएको छ ।

    Advertisement

    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक-एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

    बिहिवारमात्रै ५३ जना सांसदको समर्थनमा कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    Advertisement

    शुक्रबार दिउँसो बिना विभागीय मन्त्री नियुक्त भएका माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेले मुख्यमन्त्री चौधरीसङगै प्रदेश प्रमुखबाट शुक्रबार पद तथा गोपनियताको शपथ लिएका हुन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »