Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आमा जति सक्रिय, बच्चा पनि त्यती नै सक्रिय

    १५ बैशाख, काठमाडौँ । एक अध्ययनमा आमा जति सक्रिय हुन्छन, उनको बच्चा पनि शारीरिक रुपमा त्यती नै सक्रिय हुने गरेका पाइएको छ ।

    ब्रिटेनमा पाँच सय महिला र उनीहरुका चार वर्षका बच्चामा अध्ययन गरिएको थियो ।

    Advertisement

    क्याम्ब्रिज र साउथह्याम्पटन विश्वविद्यालयका शोधहरुले गरेको उक्त अध्ययनका क्रममा सात दिन सम्म मुटुको गति मापन गरेका थिए ।

    पीडियाट्रिक्स जनरलमा छापिएको शोधमा भनिएको छ,‘बच्चाको स्वास्थ्य सुधारका लागि बनाइने नीतिलाई आमामा केन्द्रीत गर्नुपर्छ ।’

    Advertisement

    अध्ययनका अनुसार बच्चा ‘प्राकितिक रुपमा सक्रिय’ हुँदैनन् । जीवनको सुरुवातमै बच्चामा व्यायाम गर्ने बानी विकास गर्नु अविभावकहरुको महत्वपूर्ण जिम्मेजारी हुन्छ ।

    अध्ययनका क्रममा साउथह्याम्पटनका ५ सय ५४ चार वर्षका बच्चा र उनीहरुको आमाको एक साता सम्म छातिमा एक एक्सेलोमिटर र हार्ट रेट मोनिटर राखिएको थियो । उनीहरुले यसलाई सुत्दा र पानीमा खेल्दा समेत लगाइरहे ।

    Advertisement

    शोधको सह नेतृत्व गरेका हाल लण्डनको युनिभर्सिटी कलेजमा इन्स्टिच्यूट अफ चाइल्ड हेल्थकेयरमा रिसर्च एशोसिएट क्याथरीन हेसकेथले भन्छन, ‘आमा र बच्चाबाट पाइएको तथ्यांकमा उनीहरुको शारीरिक गतिविधिबीच सिधा र सकारात्मक सम्वन्ध देखिएको छ ।’ उनी थप्छन्-‘आमा जति सक्रिय हुन्छन्, त्यति नै बच्चा पनि हुन्छन् ।’

    यद्यपि यो अध्यननमा सक्रिय बच्चा आफ्नो आमालाई आफ्नो पछि आउन बाध्य गर्न सक्छ ? भन्ने प्रश्नका जवाफ सम्भव भएन । तर, एकको सक्रियताले अर्कोलाई प्रभाव पार्नसक्छ । जस्तो कि आमा दैनिक एक घण्टाभन्दा बढी सक्रिय हुन्छन् भने उनको बच्चा १० मिनेट सक्रिय हुन्छन् । यो तथ्य सामान्य लाग्न सक्छ तर, एक महिना र वर्षमा हेर्दा उल्लेखनीय हुन्छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »