१५ बैशाख, बाँके । बाँकेको कोहलपुर स्थित वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाले गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । शुक्रबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत संस्थाले सात बर्षमा गरेका प्रगति विवरण सार्वजनिक गरिएको हो ।
प्रगति विवरण सार्वजनिक गर्दै संस्थाका अध्यक्ष नरबहादुर मल्लले आर्थिक वर्ष २०७१-०७२ देखि २०७८-०७९ सम्मको आम्दानीको खर्च, भौतिक विकास, प्रविधिको विकास, धारा जडानको अवस्था वृद्धि, कर्मचारीको सेवामा वृद्धि र संस्थाको आगामी दिनहरुमा कार्यालयको योजना र लक्ष्य बारे स्पष्ट पारे छन् ।
Advertisement
संस्थामा आफूहरु निर्वाचित भएर आउँदा संस्थाको कुल आम्दानी ९८ लाख २२ हजार १३ रुपैयाँ ७० पैसा रहेको उनले बताए । निर्वाचित भएर आएको करिब सात बर्ष पुगेको छ । आर्थिक वर्ष यस अवधिमा संस्थाको कुल आम्दानी तीन करोड ७१ लाख २० हजार ६ सय २३ रुपैयाँ ३१ पैसा रहेको जानकारी दिए ।
अध्यक्ष मल्लका अनुसार संस्थामा कार्यरत एक जना कार्यालय सहयोगीको मासिक तलब ११ हजार रहेको थियो भने वृद्धि भएर अहिले २३ हजार पुगेको छ । आर्थिक वर्ष २०७१-०७२ मा २ हजार २ सय ५० धारा जडान गरिएको थियो । आर्थिक वर्ष २०७८-०७९ मा ५ हजार २ सय भन्दा बढी धारा जडान गरियो । वर्तमान कार्यसमिति आएदेखि १ लाख २७ हजार ९ सय २६ मिटर पाइप लाइन विस्तार गरेको छ ।
Advertisement
उनले विस्तृतमा खर्च बारे जानकारी गराउदै संस्थामा सात वर्षको अवधिमा कार्यालय माथिको ३ कोठाको तला थप्दा २२ लाख लागत खर्चियो, कोहलपुर वडा नं. १ मा सेवा क्षेत्र विस्तार, पानी प्रशोधन केन्द्र, बिसं.२०७३ सालमा नेपाल सरकार मन्त्रीपरिषद्बाट निणर्य गरी कोहलपुर चौराह देखि उत्तरतर्फ मध्यवर्ती वन संरक्षण क्षेत्र भित्र पर्ने २ विघा जग्गा प्राप्त गरी ७ करोडको लागतमा ३ वटा डिप बोरिङ, एक-एक वटा ओभर हेड टंकी निर्माणको तयारी भइरहेको छ ।
कोहलपुर वृहत शहरी खानेपानी संस्थामा २९ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरिको छ, कार्यालय कम्पाउण्ड भित्र १ करोड २० लाखको लागतमा पानी प्रशोधन केन्द्र निर्माण, डिजिटल प्रविधिको विकास समेत गरेको संस्थाका अध्यक्ष मल्लले जानकारी दिए । डिजिटल युगमा उपभोक्ताहरुको समस्या समाधानका लागि घरबाटै मोबाइल मार्फत खानेपानीको महशुस तिर्ने व्यवस्था समेत मिलाइएको छ ।
Advertisement
उक्त संस्थाको ७ वटा भावि योजना तथा लक्ष्यबारे जानकारी गराउदै संस्थाले कम्तीमा १ अर्ब बराबरको कोहलपुर नगरपालिका वडा नम्बर १,२, ५ र ६ का सबै बासिन्दालाई खानेपानी पुर्याउने गरि एक वर्ष भित्र सात हजार पाँच सय बढि धाराहरु, १० वटा डिप बोरिङ र ३ वटा ओभर हेड पानी ट्यांकी, ५० किलोमीटर देखि ८० किलोमीटर सम्म विभिन्न साइजका पाइपहरु विस्तार, आधुनिक भवन निर्माण गर्ने योजना रहेको अध्यक्ष मल्ल जानकारी गराए ।
आर्थिक वर्ष २०८०-०८१ देखि २०८१-०८२ भित्र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट पानी ल्याउनको लागि विस्तार डिजाइन तथा लागत अनुमान डीपीआर तयार गरी सक्ने लक्ष्य रहेको उनले बताए ।
Advertisement
कोहलपुर वृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा जेठ २ गते गरिने तयारी अगाडि बढाएको पत्रकार सम्मेलन मार्फत बताइएको छ ।

















टिप्पणीहरू