७ माघ, बाँके । राष्ट्रिय स्वराजीहरुको पहिलो बैठक बाँकेको नेपालगञ्जमा सम्पन्न भएको छ । क्रान्तिकारी नेता रियाज अहमद शेषको सभापतित्वमा बसेको बैठकमा बिभिन्न निणर्यहरु गरिएको नेता ईरफान शेषले बताए ।
राष्ट्रिय स्वराज पार्टीको पहिलो बैठक आधिकारिक रुपमा बसेको नेता शेषले जानकारी दिए । स्वराजी नेताहरुले मधेसको आवाज बुल्नद गर्न नयाँ पार्टी गठन गरेर आधिकारिक रुपमा घोषणा गर्ने तयारीमा छन ।
Advertisement
आजको बैठकले रुपन्देही जिल्लामा हुने लागेको पार्टी घोषणा कार्यक्रममा बाँकेबाट एक बस नेता कार्यकर्ताहरु जाने निणर्य गरिएको शेषले नाईल खबरलाई बताए ।
नाईल खबरलाई जानकारी गराउदै भने, ‘आजको बैठकबाट साथीहरुको जोस, जागर र हौसलालाई देखेर आज म फेरी त्यही पुरानो जोसलाई सम्झेर झन बढी उत्साहित भएको छु, जुन पहिलो पटक राजनितिको सुरुवातमा मैले महसुस गरिरहेको थिए ।’
Advertisement
उक्त बैठकमा क्रान्तिकारी नेता जाबिर हल्वाई, नौसाद अंसारी, मो. फारुक हास्मी, सफिक जसगढ, राजु वर्मा, राजा सिंह, सालिक राम पाठक, नसिम सल्मानी, अब्दुल कादिर साई, चन्द्र कुमार गोडिया, दिनानाथ गुप्ता लगायतका नेताहरु सहभागी भएका थिए ।

















टिप्पणीहरू