Close sidebar
  • ताजा
  • लोकप्रिय
  • महोत्सवमा खेसारी लाल र प्रिती पासवान सहितका कलाकार आउदै

    ७ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन गईरहेको महोत्सवमा भोजपुरी गायक खेसारी लाल र मोडेल डान्सर प्रिती पासवान सहितका राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार आउने भएका छन । १५ दिन सम्म संचालन रह्ने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ ।

    नेपालगञ्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’मा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

    Advertisement

    महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकार र्‍यापर भि-टेन गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, र्‍यापर लाहुरे, माईला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, र्‍यापर मिस्टर आरजे गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुबिना अधिकारी, गायिका शान्ती श्री, मिलिना राई, बिन्दु परियार, गायक एम.टी. महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटे/पुतली, बल्छी/राजु माष्टर लगायतका कलाकारहरुको बेजोड प्रस्तिुति रह्नेछ भने स्थानिय कलाकारहरुको समेत प्रस्तुति रह्ने संयोजक कंडेलले जानकारी गराए ।

    महोत्सवको होस्ट विजय पुन, दिप मगर र प्रेरणाले गर्ने प्रचारप्रसार समितिले जनाएको हो ।

    Advertisement

    महोत्सव अब ३ दिन मात्र बाँकी रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »