२१ पौष, बाँके । बाँकेको जानकी गाउँपालिकामा रहेका आई एन एफ नेपाल साइनिङ्ग अस्पतालले सामाजिक लेखा परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठमकमा एक वर्षमा १६ हजार बढी सेवाग्राही उपचार भएर घर फकिएको जनाएको छ ।
आई एन एफ नेपाल साइनिङ्ग अस्पताल तथा सामुदायिक परियोजना बाँकेको आयोजना तथा जिल्ला समन्वय समिति बाँकेको समन्वयमा बुद्धवार सामाजिक लेखा परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो ।
Advertisement
जानकी गाउँपालिका वडा नं.३ मानपुर स्थित रहेको आई एन एफ नेपाल शाखा अन्र्तगत रहेका साईनिङ्ग अस्पताल बाँके र सामुदायिक परियोजना कार्यक्रमहरुले आर्थिक वर्ष २०७८/७९ मा संञ्चालन गरेका कार्यक्रमहरुको सामाजिक परिक्षण तथा जिल्ला स्तरिय गरिएको आफना कार्यक्रमहरुको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो ।
Advertisement
उक्त कार्यक्रममा साईनिङ्ग अस्पतालका प्रमुख मंगल बहादुर थारुले अस्पतालले गरेका कार्यक्रम र गतिबिधिहरु तथा त्यसका लक्ष्य र हासिल गरेका उपलब्धिहरु प्रस्तुत गरेका थिए । थारुले वर्षभरिमा साईनिङ्ग अस्पतालबाट १५ हजार ५ सय ८२ जना र समुदाय स्तरमा गरिएको स्वास्थ्य शिविरमा ९ सय ४८ जना गरी जम्मा १६ हजार ५ सय ३० जना सेवाग्राहीले उपचार पाएको बताइएको छ ।
यसैगरी साईनिङ्ग अस्पतालबाट यस आर्थिक वर्षमा १ सय ५७ जना विभिन्न जिल्लाका नयाँ कुष्ठरोगी बिरामीहरुको निदान भएको छ, जस मध्ये बाँके जिल्लाका ६१ जना, बर्दिया जिल्लाका ४९ जना सुदूरपश्चिम प्रदेशका ११ जना, भारतका विभन्न स्थानबाट १९ जना र बाँकी अन्य विभिन्न जिल्ला, कणर्ाली प्रदेश लगायतका ठाउँबाट आएका बिरामीहरु निदान भएको उनले बताए ।
Advertisement
बाँके र बर्दिया जिल्लाका सर्वाधिक संख्यामा कुष्ठरोगीको संख्या भएको कार्यक्रममा जानकारी गाराईएको थियो । यस आर्थिक वर्षमा बाँके र बर्दिया जिल्लाका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयमंसेविका, स्कूल, विभिन्न धार्मिक अगुवाहरु र पत्रकारहरुलाई पनि तालिम तथा अभिमुखीकरण गराईएको जानकारी गराइएको थियो ।
यस आर्थिक वर्षमा २ करोड ७४ लाख कुल खर्च बजेट भएको र करीब १४ लाख बराबरको औषधि उपचार निःशुल्क रुपमा बिरामीहरुलाई उपलब्ध गराएको छ । कार्यक्रमकै सिलसिलामा मंगल बहादुर थारुले आर्थिक वर्ष २०७९/८० को कार्यक्रमहरु र बजेट प्रस्तुत गरेका थिए । सार्वजनिक बिदा बाहेक ६ दिन काम हुने गरेको जानकारी दिए ।
Advertisement
परियोजना संयोजक अभिषेक बिकले आई एन एफ नेपाल बाँके शाखाद्वारा सञ्चालित समुदाय विकास अन्र्तगत नेपालगंज उप-महानगरपालिका वडा नं. ६, ९ र १३, तथा जानकी गाउँपालिका वडा नं.१, ४ र ६ मा ॅमानव बेचबिखन तथा हिंसा अन्त्यका लागी समुदायमा हाम्रो प्रयास (एक्टिभ) परियोजना’को बारेमा प्रगति प्रस्तुतीकरण गरेका थिए । मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्य गर्नका लागी समुदायमा जम्मा ६० वटा स्वावलम्बन समूहहरु गठन गरी कार्य सञ्चालन गर्दै आई रहेको छ । दुबै पालिकामा ६० वटा समुूहरु गठन भई नियमित रुपले सञ्चालन भईरहेका छन । गत आर्थिक वर्षमा यो परियोजनाले जम्मा ३ हजार ३ सय ३२ जना सेवाग्राहीहरुले सेवा प्राप्त गर्न सफल भएका छन । जस मध्ये पुरुषको संख्या ५ सय २२, महिलाको संख्या २, ६ सय ११, किशोरको संख्या ९२ र किशोरीको संख्या २७, पुरुष अपाङ्गता १२ र महिला अपाङ्गता भएका ६८ जना गरी जम्मा ३ हजार ३ सय ३२ जना लाभान्भित भएका छन । जम्मा २९ जना सेवाग्राहीहरुले आय आर्जनका निम्ति सहयोग पाउन सफल भएका छन । २० जना सेवाग्राहीहरुले सिपमुलक तालिम प्राप्त गरेका छन । यो परियोजनाको आ ब २०७८/७९ जम्मा बजेट रकम रु ७८ लाख ७२ हजार ७ सय ८८ रहेको थियो ।
सो कायक्रममा जिल्ला समन्वय समिति बाँकेका उप- प्रमुख सीता कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार भेषराज बस्नेतले गरेका थिए भने कार्यक्रममा भेरी अस्पताल नेपालगञ्जका प्रमुख कृष्ण आचार्य, स्वास्थय कार्यालय बर्दियाका प्रमुख गोकाणर् गिरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, गैर सरकारी संस्था बाँकेका अध्यक्ष नमस्कार शाह, नेपालगन्ज वार्ड नं.-९ का वडाध्यक्ष गोबिन्द प्रसाद रेग्मी, नेपालगञ्ज उप-महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले परियोजनाले गरेको कार्यहरुको बारेमा सुझाव सल्लाह दिएका थिए ।

















टिप्पणीहरू