Close sidebar
  • ताजा
  • लोकप्रिय
  • निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन जरुरीः निर्वाचन आयुक्त तुलाधर

    २७ माघ, धनगढी । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको बताएकी छन् ।

    नेपाल कानुन समाजको सहकार्यमा निर्वाचन आयोगले आज धनगढीमा आयोजना गरेको आचारसंहिता कार्यान्वयन सम्बन्धी प्रदेशस्तरीय कार्यक्रममा उनले यस्तो बताएकी हुन । आयुक्त तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण रहेको उल्लेख गरिन् ।

    Advertisement

    “निर्वाचन मतदानको प्रक्रिया मात्र होइन, योे लोकतन्त्रको आत्मा समेत होे” उनले भनिन्, “त्यो आत्मालाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउने प्रमुख आधार नै निर्वाचन आचारसंहिता हो ।”

    निर्वाचन आचारसंहिता २०८२ को मूल उद्देश्य भनेको निष्पक्ष, स्वतन्त्र, विश्वसनीय निर्वाचन सुनिश्चित गर्नु, राज्यको स्रोतको दुरुपयोग रोक्नु, समान प्रतिस्पर्धाको वातावरण निर्माण गर्नु, मतदाताको स्वतन्त्र निर्णयको अधिकार संरक्षण गर्नुरहेको आयुक्त तुलाधारको ठम्याइ छ । उनले आचारसंहिताले निर्वाचन प्रक्रिया प्रति जनविश्वास अभिवृद्धि गर्ने उल्लेख गरिन् ।

    Advertisement

    राजनीतिक दल, उम्मेदवार, सरकार, कर्मचारी, सञ्चारमाध्यम, सरोकारवाला सबै आचारसंहिताको पालक रहेको आयोगले जनाएको छ । आचारसंहिता केवल कानुनी दस्तावेज मात्र नभई लोकतान्त्रिक मर्यादा, राजनीतिक नैतिकता, सुशासनप्रतिको प्रतिबद्धताको प्रतिबिम्ब पनि रहेको आयुक्त तुलाधरले उल्लेख गरिन् ।

    सरकारी स्रोत साधनको दुरुपयोग रोक्ने, मर्यादित प्रचारप्रसार सुनिश्चित्ता गर्ने, घृणात्मक अभिव्यक्ति नियन्त्रण गर्ने साथै महिला, बालबालिका, अपाङ्ता भएका व्यक्ति तथा यौनिक एवम् अल्पसङ्ख्यक समुदायको संरक्षण गर्ने विषय महत्त्वपूर्ण रहेको उनको भनाइ छ । डिजिटल युगमा सामाजिक सञ्जाल, अनलाइन प्लेटमर्फ तथा कृत्रिम बुद्धिमता (एआई) को दुरुपयोग निर्वाचनको विश्वसनीयताका लागि चुनौती बनेको आयुक्त तुलाधरले बताइन ।

    Advertisement

    उनले भ्रामक सूचना, हेटस्पिच, झूटा समाचार तथा अवैध मत सर्वेक्षणले मतदातामा नकारात्मक प्रभाव पर्ने भएकाले सबै सरोकारवालाले उच्च सतर्कता अपनाउन आवश्यक रहेको औंल्याइन ।

    “तथ्यपरक, सन्तुलित, जिम्मेवार पत्रकारितामार्फत सकारात्मक निर्वाचन वातावरण निर्माणमा योगदान पुग्ने छ” उनले भनिन्, “आचारसंहिताको सफल कार्यान्वयन निर्वाचन आयोगको मात्र जिम्मेवारी होइन ।”

    Advertisement

    कार्यक्रममा पूर्व कानुन सचिव फणिन्द्र गौतमले आचारसंहिताको कार्यान्वयन तथा सरोकारवालाको भूमिकासम्बन्धी र निर्वाचन आयोगको विष्णुप्रसाद पौडेलले निर्वाचन खर्च र प्रचार–प्रसारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय निर्वाचन अधिकारी, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, नागरिक समाज लगायतको उपस्थिति थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »