संजय कुशवाहा
२२ माघ, नवलपरासी । हिन्दु र ईस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहरको रुपमा परिचित रहेको मदार बाबा मेलाको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
नवलपरासी पुर्व बिनई त्रिवेणी गाउँपालिका वडा नं. ६ परसैहिया स्थित आस्थाको मदार बाबा मेला मदरिया पहाड मेला सुरु हुन अब दुई दिन मात्र बाँकी छ । हिन्दु मुस्लिम दुबै समुदायको आस्थाको साझा केन्द्रको रूपमा विकसित भएको मदार बाबा मेला यस वर्ष माघ २४ गते शनिवार देखी शुरू हुने मदार बाबा मजार संरक्षण संस्थाका अध्यक्ष जमालुदिन मिंयाले जानकारी गराए ।
Advertisement
मदार बाबाको मजार स्थलमा हिन्दु मुस्लिम दुबै धर्मका मान्छे एकै स्थानमा श्रद्धाका साथ एकै स्थानमा पूजापाठ गर्ने संसार कै दुर्लभ स्थान रहेको हुनसक्ने अनुमान समेत गरिन्छ ।
मदार बाबा मेलामा भक्तजनहरूलाई सरल, सुलभ र भब्य बनाउनको लागि मेलामा सुरक्षा व्यवस्था मिलाउनका लागि सुरक्षाकर्मी परिचालन गरिने साथै स्वयंसेवक, निःशुल्क स्वास्थ्य शिविर, सार्वजनिक शौचालय निर्माण लगायत आउने भक्तजनहरूलाई विभिन्न किसीमको व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष मिंयाले बताए ।
Advertisement
यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दुको मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ । मदारबाबाको मजारमा भाकल, दुःख तथा मनोकामना लिएर आउने श्रद्धालुहरुको भाकल तथा मनोकामना पुरा हुने र सन्तान नहुने दम्पती सान्तान पाउने तथा दुखियाको दुखहरण हुने धार्मिक मुल्य मान्यता र विश्वास भएको मदार बाबाका हजरत मौलाना गद्दीनशीन (मठाधिश) बाबा अमिरूल्लाह अन्सारीले बताए ।
Advertisement
मेलामा व्यापारीहरूको व्यापक उपस्थिती रहेको छ । व्यावसायीहरू मेलामा राम्रो आम्दानी गर्नसक्ने भएकाले मेला शुरू हुनु एक हप्ता अगावै महलवारी र परसैयामा आइ पुगेका छन् । अस्थायी पसलका लागि घरटहरा निर्माण गरि सकेका छन् ।



















टिप्पणीहरू