२१ माघ, काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा कायम भएका कुल ३,१३५ (तीन हजार एक सय पैंतीस) उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ को उपदफा (६) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम प्रकाशन गरिएको छ ।
Advertisement
समानुपातिक निर्वाचन प्रणाली, निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार प्रकाशित बन्दसूचीमा १,७७२ महिला र १,३६३ पुरूष उम्मेदवार रहेका छन् ।
अन्तिम बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा हेर्न सकिने आयोगले अनुरोध गरेको छ ।


















टिप्पणीहरू