Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा

    २१ पुष, काठमाडौँ । शैक्षिक परामर्श व्यवसायीहरुको संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचनमा विगत डेढ दशक देखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय एलबी तामाङले केन्द्रीय सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन् । आउँदो पुस २८ गते हुने इक्यानको केन्द्रीय निर्वाचनका लागि तामाङले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    शैक्षिक परामर्श क्षेत्रका सकारात्मक, नकारात्मक दुवै पक्षलाई केलाएर समग्र व्यवसायीहरुको पक्षमा काम गर्न सक्ने क्षमताका एलबी तामाङले आफ्नो उम्मेदवारी समग्र इक्यानीयनहरुको साझा उम्मेदवारीका रुपमा अर्थाएका छन् । ‘निर्वाचन भन्ने वित्तिकै एक, दुई समुह होला, तर, मेरो उम्मेदवारी समग्र इक्यानीयन साथीहरुको पक्षमा हो । इक्यानको इतिहासको लिगेसीलाई आत्मसाथ गरी बर्तमान अवस्थामा भविष्यको रुपरेखा समेत तयार पारेर म निर्वाचनमा होमिएको हुँ ।’ इक्यानको गिर्दो साख जोगाउन र इक्यानलाई सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरुको साझा संस्था बनाउन आफ्नो उम्मेदवारी रहेको भन्दै तामाङले भने ।

    Advertisement

    विगत डेढ दशक देखि शैक्षिक परामर्श व्यवसाय गर्दैगर्दा इक्यानका विभिन्न क्रियाकलापमा जोडिएर काम गर्दा आफुले धेरै कुरा सिकेकोले त्यो सिकाईलाई प्रयोगमा ल्याउनका लागि पनि सचिब पदमा उम्मेदवारी दिएको उनले जिकीर गरे । ‘विगतमा जे जति अनुभव र सिकाईहरु हासिल गरे त्यसलाई आम शैक्षिक परामर्श व्यवसायीहरुको हक अधिकारमा प्रयोग गर्न र यो संस्थालाई शैक्षिक परामर्श व्यवसायीहरुले गर्व गर्न लायक बनाउन पनि मेरो उम्मेदवारी हो ।’ तामाङ भन्छन् ।

    शैक्षिक परामर्श क्षेत्रको व्यवसायिकता, नैतिककता, इमान्दारिता प्रति पटकपटक प्रहारहरु भइरहेको अवस्थामा प्रत्येक व्यवसायीहरुलाई आत्मसम्मानपूर्वक काम गर्न पाउने वातावरण निर्माण गर्न, राज्यले अनुगमन नियमनका नाममा गर्ने क्रियाकलापलाई व्यवसाय र कानुनमैत्री बनाउन, उच्च शिक्षाका लागि विदेशीने विद्यार्थीको मात्र नभएर अभिभावक र विदेशी नियोगहरुसँगको सम्बन्धलाई व्यवसायीमैत्री बनाउन आफ्नो एजेण्डा रहेको उनको तर्क छ ।

    Advertisement

    संस्थाको जिम्मेवारी, दायित्व तथा स्थायित्व, व्यावसायिक प्रबद्र्धन र विद्यार्थी एवं अभिभावकबीच बलियो सम्बन्ध निर्माण गर्न सक्रिय भुमिका निर्वाह गर्दै सुशासन, पारदर्शिता, मितव्ययीता र जवाफदेहीता र प्रविधिमैत्री इक्यानका पक्षमा काम गर्ने बताउँदै तामाङले सम्पूर्ण इक्यानका सदस्यहरुलाई साथ, सहयोग गर्न आग्रह गरेका छन् । ‘सुशासन, पारदर्शिता, मितव्ययीता, जवाफदेहीता र प्रविधिमैत्री इक्यान बनाउन मेरो उम्मेदवारी हो, म काम प्रति विश्वास गर्छु, राजधानीमा रहेका साथीहरुसँग मात्र हैन म देशका सबै क्षेत्र र भूगोलमा रहेका इक्यानीयनहरुको साझा सचिबका रुपमा काम गर्न प्रतिबद्ध छु ।’ तामाङले भने । ‘सबल, सक्षम र पारदर्शी इक्यान, सम्पूर्ण व्यवसायीहरुको उत्थान !’ तामाङको मूल नारा रहेको छ ।

    पुस २८ गते हुन गइरहेको इक्यान निर्वाचनमा बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष एण्ड्रयू पौडेल र महासचिब दीपकराज भुसाल विच प्रतिष्पर्धा हुने देखिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »