Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ: रवि लामिछाने

    फाइल तस्बिर

    १३ पुष, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको सहमतिबारे प्रतिक्रिया दिएका छन् ।

    मेयर बालेन सँग ‘वृहत् एकता’ सहमति गरेका सभापति लामिछानेले उक्त विषयमा प्रतिक्रिया दिएका छन् ।

    Advertisement

    आइतबार बिहान उनीहरू ७ बुँदे सहमति भएपछि रविको प्रतिक्रिया आएको हो ।

    ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ’, लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

    Advertisement

    सार्वजनिक विवरणअनुसार पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचन पछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ ।

    रास्वपा र बालेन्द्र शाह बीच वृहत एकताको सहमति

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    0

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »