Close sidebar
  • ताजा
  • लोकप्रिय
  • रास्वपा नेपालगञ्ज उप–महानगरकाे पहिलो नगर अधिवेशन पुष १५ गते

    १० पुष, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालगञ्जमा नगर अधिवेशन गर्ने भएको छ । यही पुष १५ गते नेपालगञ्ज उप–महानगर अधिवेशन गर्न लागिएको हो ।

    नेपालगञ्जमा गर्न लागिएको रास्वपाको यो प्रथम एतिहासिक नगर अधिवेशन रहेको रास्वापा बाँके क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठले जानकारी गराए ।

    Advertisement

    अधिवेशनमा केन्द्रीय सदस्य तथा प्रवक्ता मनिष झा र केन्द्रीय सदस्य तथा सचिवालय सदस्य हरि ढकाल आउन लागेका सभापति श्रेष्ठले बताए ।

    उनका अनुसार अधिवेशन पुष १५ गते नेपालगञ्ज स्थित सिद्धार्थ कटेजमा दिउँसो १२ः३० बजेबाट सुरु हुने कार्यतालिका रहेको छ ।

    Advertisement

    साथै वृहत पार्टी प्रवेशको कार्यक्रम समेत रहेको पार्टीले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    0

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »