२१ मंसिर, बाँके । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा भएको ‘कानून र पत्रकारिताः अभिमुखीकरण कार्यक्रम’मा पत्रकारले समाचार सम्प्रेषण गर्दा सजग भएर गर्नुपर्ने बताइएको छ ।
महासंघको आयोजना तथा उच्च अदालत बार नेपालगञ्ज र बाँके जिल्ला अदालत बार एसोसिएसनको सहकार्यमा आज नेपालगञ्जमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन गर्दै न्यायाधीश ज्ञवालीले यस्तो बताएका हुन ।
Advertisement
उनले गलत सूचनाका कारण समाज भ्रमित हुनेभएकोले सही सूचनाको परक गरी समाचार सम्प्रेषण गर्ने पत्रकारको दायित्व भएको बताएका छन् । उनले तथ्य परक नगरी समाचार प्रसारण हुँदा मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको चुनौती थपिएको बताए । त्यस कारण श्रोतको तत्यपरक गरी मात्र समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे ।
यस्तै, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारलाई अदालती रिपोर्टिङ बारे ज्ञान हुन जरुरी रहेको बताए ।
Advertisement
कार्यक्रममा वरिष्ठ अधिवक्ता लोक बहादुर शाहले सञ्चारसँग सम्बन्धित प्रचलित कानुनहरू, अधिवक्ता प्रहलाद बहादुर कार्कीले पत्रकारिता र कानुनी आधारभूत ज्ञान तथा अदालती रिपोर्टिङ्गका बारेमा अधिवक्ता विकास आचार्यले सहजीकरण गरेका थिए ।

















टिप्पणीहरू