२९ कार्तिक, काठमाडौँ । प्रतिगामी षडयन्त्र विरुद्ध र संसद पुनस्थापनाको माग गर्दै नेकपा एमालेले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ ।
एमालेले गत भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, असंवैधानिक ढंगबाट भएको संसद विघटन र भावी कार्यक्रम बारे प्रष्ट पार्न जनप्रदर्शन गर्न लागिएको जनाएको छ ।
Advertisement
भदौ २३ र २४ गते भएको अपराधिक घटनाको विष्पक्ष छानविन, तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कार्वाहीको माग गर्दै जनप्रदर्शन गर्दैछ ।
घोषित कार्यक्रम अनुसार एमालेले आगामी मंसिर ६ गते काठमाडौँमा वृहत जनप्रदर्शन र सभा गर्ने जनाएको छ ।
Advertisement



















टिप्पणीहरू