Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज देशभर संविधान दिवस मनाइँदै, एक दशक पुरा

    ३ असोज, काठमाडौँ । आज असोज ३ गते अर्थात संविधान दिवस तथा राष्ट्रिय दिवस, देश भर मनाइँदैछ । २०७२ सालमा आजैको दिन नयाँ संविधान घोषणा भएको थियो ।

    २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । आज वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ ।

    Advertisement

    २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।

    संविधान दिवस–२०८२ लाई विगतमा झैँ विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।

    Advertisement

    समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकी लगायत कार्यक्रम भने स्थगन भएका छन् ।

    नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »