Close sidebar
  • ताजा
  • लोकप्रिय
  • तमलोपाले असोज ३ गते कालो दिन मनाउने

    २ असोज, जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टीले असोज ३ गते संविधार दिवसलाई कालो दिनको रुपमा मनाउने भएको छ । केन्द्रिय कार्यालयमा बुधबार बसेको बैठकले प्रत्येक साल मनाउँदै आए झैं यस वर्ष पनि कालो दिन मनाउने भएको छ ।

    संविधानको घोषणा भएपछि तत्काल सीमांकन, पहिचान, समावेशिता, आदिको सम्वोधन नगरिएको भन्दै तत्काल संविधान संशोधनको माग गर्दै भएको आन्दोलनमा निहत्था शान्तिपूर्ण आन्दोलनकारीमाथि गरिएको बर्बर दमन र हत्याको बिरोधमा र शहीदहरुलाई श्रद्धांजली दिन कालो दिन मनाउने निर्णय भएको तमलोपाको नेता बिभा ठाकुरले बताइन ।

    Advertisement

    जनकपुरको जनकचौकमा तमलोपाले शहीदहरुलाई श्रद्धांजली दिने कार्यक्रम रहेको बताइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »