Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लागूऔषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली प्रहार

    प्रतिकात्मक तस्बिर

    २९ साउन, धनुषा । लागूऔषध कारोबारीलाई चेक गर्दा भाग्न खोजेपछि धनुषा प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का पप्पु साह र सेली देवी राम रहेका छन् । दुवै जनालाई बुधबार मिथिला नगरपालिका–२ नक्टाझिजबाट प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

    Advertisement

    उनीहरूका साथबाट प्रहरीले दुई सय ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।

    प्रहरीले गोप्य सूचनाका आधारमा बा८७ना ९६७ नंको मोटरसाइकल चेक गर्दा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो ।

    Advertisement

    प्रहरीले एक राउन्ड हवाई फायर गर्दा पनि नरोकिएपछि अर्को राउन्ड प्रहार गर्दा पप्पुको खुट्टामा लागेको थियो । घाइतेको जानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »