Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत

    ५ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा कुल बजेटको ५८.२५ प्रतिशत खर्च गरेको छ ।

    साउन देखि जेठ मसान्त सम्म पुँजीगततर्फ ५९.११ प्रतिशत र चालुतर्फ ५६.७८ प्रतिशत खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको हो ।

    Advertisement

    प्रदेश सरकारको कुल ३८ अर्ब ९७ करोड बजेटमध्ये पुँजीगत तर्फ विनियोजित २४ अर्ब ५८ करोड ५९ लाख रुपैयाँमध्ये १४ अर्ब ५३ करोड २० लाख ८५ हजार ५४२ रुपैयाँ खर्च भएको छ ।

    यस्तै, चालुतर्फको १४ अर्ब ३८ करोड ४१ लाख रुपैयाँमध्ये ८ अर्ब १६ करोड ७६ लाख ४७ हजार १८० रुपैयाँ खर्च भएको हो । रातोपाटीमा खबर छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Most Read Posts

    • No results available

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »