Close sidebar
  • ताजा
  • लोकप्रिय
  • हेलिकप्टर दुर्घटना पछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    २३ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

    नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जनाको ज्यान गएपछि ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

    Advertisement

    हेलिकप्टर दुर्घटनाको विषयमा छानबिनका लागि आवश्यक निणर्य लिन मन्त्रिपरिषद् बैठक बोलाइएको सचिवालयले जनाएको छ ।

    एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर रसुवातर्फ जाँने क्रममा दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
    त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १.५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन बनेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »