Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ३९ जना प्रहरीलाई हलुका सवारी चालक उन्नत तालिम

    २३ साउन, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३९ जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम २८ औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको केन्द्रीय प्रहरी कार्यालय जनाएको हो ।

    Advertisement

    तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका हुन । तालिमले प्रशिक्षार्थीहरूमा व्यावसायिक सीप अभिवृद्धि गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक रावलले तालिमबाट प्राप्त सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताए ।

    कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै साउन ४ गतेबाट संचालित १६ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ५ जना, प्रहरी सहायक हवल्दार २० जना र प्रहरी जवान १४ जना गरी जम्मा ३९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »