१२ साउन, बाँके । गत असार २३ गते बेपत्ता भएका १५ वर्षिय भोला भन्ने रामु केवट करिब तीन हप्ता वितिसक्दा समेत भेटिएका छैनन् ।
अनुसन्धानको नाममा जिल्ला प्रहरी कार्यालय बाँकेले हद म्याद कटाउकै लागि हाल सम्म पनि जाहेरी दर्ता नगरेको पीडित पक्षले जनाएको छ ।
Advertisement
छोरा हराएको पीडामा रहेको परिवारले आफु सरकार पक्षबाट खासै सहयोग पाएको अनुभुति नभएको जनाएको छ ।
नाईल खबरलाई जानकारी गराउदै राम ज्यावन केवटले भने, ‘मिडियाकर्मीले समाचार प्रकाशित गरेको अर्को दिन मात्र प्रहरी मुचुल्का उठाउन आएको थियो ।’
Advertisement
घटनाको १६ दिन वितिसक्दा पनि प्रहरीले खासै वास्ता नगरेको र अनुसन्धान भईरहेको जनाउदै आएको पीडितले जानकारी दिए । तर मिडिया संगको गुहार पछि समाचार प्रकाशन भएलगत्तै प्रहरी गाँउमा मुचुल्का गर्न आएको पीडित बुबा राम ज्यावनले जानकारी गराए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले एक हप्ता अगाडि नाईल खबर संगको संवादमा जाहेरी दर्ताको प्रक्रियामा रहेको र अनुसन्धान भईरहेको बताए पनि हाल सम्म मुद्दा दर्ता नहुँदा हद म्याद कट्ने पीडित पक्ष त्रासमा छ ।
Advertisement
बाँके प्रहरी माथि राजनीतिक दलको दबाबकै कारण जोहरी दर्ता गर्न नमानेको राम ज्यावनको आरोप छ । उनले भने, ‘म गरिब छु, म संग पैसा छैन । पैसाभएको भए मेरो पनि सुनुवाई हुन्थ्यो होला !’
याे पनि पढ्नुहाेसः
Advertisement
उनले थप भने, ‘मलाई जिल्ला प्रहरी धाउनु परेको छ । कुनै काम पनि हुदैँन र अगाडि पनि बढ्दैन ।’
घटनाको सुक्षम अनुसन्धान र जाहेरी दर्ता हुुनुपर्ने पीडितको माग छ ।
गरिबीका कारण पैसाको अभावमा दैनिक जिल्ला प्रहरी कार्यालय धाउन समेत सकस भएको राम ज्यावनले सुनाए । छोरा बेपत्ता भएको पीडामा उनको खेती समेत प्रभावित भएको छ । छोराको खोजी र नेपालगञ्ज धाउनु पर्ने बाध्यताले यस वर्ष खेती गर्न सक्ने अवस्था नरहेको उनले बताए ।
उनले भने, ‘छोरीहरुको विवाह पछि छोरा मध्ये भोला जेठो थिए । म पछि परिवार सम्हाल्ने उनी माथि नै आश थियो । उनलाई खोज्न र प्रहरी कार्यालय जान अरु संग सापट्टी पनि मागे । त्यही पनि मेरो काम हुदैँन ।’


















टिप्पणीहरू