Close sidebar
  • ताजा
  • लोकप्रिय
  • यस वर्ष पनि नेपालगञ्जमा भब्य रुपमा गाईजात्रा मनाइने

    १२ साउन, बाँके । प्रत्येक वर्ष झै यस वर्ष पनि नेपालगञ्जमा भब्य रुपमा गाईजात्रा मनाईने भएको छ ।

    नेपाली पात्रो अनुसार यस वर्ष भदौ ४ गते मंगलबार गाईजात्रा (सापारु) परेको छ ।

    Advertisement

    नेवाःपुचः बाँकेको आज बसेको कार्यसमिति बैठकले गाईजात्रा अर्थात सापारु धुमधानका साथ मनाउने निणर्य गरिएको सचिव विवेक कुमार श्रेष्ठले जानकारी गराए ।

    जितेन्द्र कुमार जोशीको अध्यक्षतामा आजको बैठक बसेको थियो ।

    Advertisement

    नेपालगञ्जमा गाईजात्रा पर्वलाई भब्य बनाउन बाँके जिल्लाका सम्पुर्ण नेवा गुठि संघ संस्थासंग साथ र सहयोग संगै सुझाव लिएर अगाडी बढने अध्यक्ष जोशीले बताए ।

    सचिव श्रेष्ठका अनुसार उक्त बैठकले गाईजात्रा पर्व भब्य रुपमा सम्पन्न गराउन नेवाःपुचः बाँकेका उपाध्यक्ष हरिश चन्द्र श्रेष्ठलाई सर्वसम्मत रुपमा जिम्मेवारी दिएको छ ।

    Advertisement

    बाँके जिल्लामा विभिन्न समयमा आफ्नो कालगतिले मृत्यु भएको परिवारलाई गाईजात्रा पर्व मनाउन संयोजकका जिम्मेवारी पाएका उपाध्यक्ष श्रेष्ठलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »