Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको प्रयोगबाट ३७ हजार बढीले ज्यान गुमाउदैँ

    प्रतिकात्मक तस्बिर

    ८ असार, बाँके । धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट प्रत्येक वर्ष हजारौँको संख्या मृत्युदर बढ्दै गएको छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट मानिसहरु विभिन्न प्रकारका क्यानसरका सिकार भएका छन ।

    सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेको आयोजना र हेल्थ आवाज सहकार्यमा बुटवलमा भएको सूर्तिजन्य पदार्थका कारण हुने क्यान्सर रोग निवारणका लागि पत्रकारहरु सँगको अन्तक्रियामा नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनवाट ३७ हजार ५ सय २९ जनाले ज्यान गुमाउने गरेका बताइएको छ ।

    Advertisement

    यो संख्या हरेक वर्ष बढदै गएकाले नेपाल सुर्तीजन्य पदार्थ उपयोग गर्नेको उच्च स्थानमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा.शम्भु खनालले जानकारी गराए ।

    सुर्तीजन्य पदार्थको प्रयोगका कारण हृदयघात, क्यान्सर, फोक्सो, श्वासप्रश्वास, मस्तिष्कघात लगायत रोग हुने गरेका छन् । नेपालमा कुल जनसंख्याको २८ प्रतिशतले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको तथ्यांक छ । जस अनुसार ४८ प्रतिशत पुरुषहरुले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन् ।

    Advertisement

    सूर्तीजन्य पदार्थको प्रयोगमा वार्षिक ५४ अर्व रुपियाँ खर्च हुने गरेको र यसबाट निम्तिने क्यान्सरको उपचारमा राज्यलाई ४० अर्व व्ययभार थपिएको कार्यक्रममा बताइएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »