Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज-१९ वडा भेलाः शैक्षिक स्तर सुधार देखि वृक्षारोपण लगायतका कार्यक्रम माग

    ९ असार, बाँके । बाँकेको नेपालगञ्जमा भईरहेको अत्याधिक गर्मीका कारण आगामी आर्थिक वर्षमा वृक्षारोपणको योजना कार्यक्रम ल्याउनुपर्ने वडा स्तरबाट माग हुन थालेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ बसुदेवपुरको शनिवार भएको वडा भेलामा आगामी आर्थिक वर्ष २०८१/८२मा शैक्षिक स्तर सुधार देखि वृक्षारोपण सम्मका नीति तथा कार्यक्रम समावेश गर्न माग गरिएको हो ।

    Advertisement

    आगामी आर्थिक वर्षका लागि नेपालगञ्ज-१९ले ९६ लाख ६२ हजार रुपैँयाको बजेट सिलिङ नगरबाट प्राप्त भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका योजना शाखा प्रमुख एवं नेपालगञ्ज १९ मा सचिवमा कार्यरत तेजेन्द्र रोकायका अनुसार यो चालूआर्थिक वर्ष भन्दा २४ लाख १६ हजार रुपैँया घटेर आएको हो । उनले योबाट पनि देशमाथिको आर्थिक भार बुझ्न सकिने बताए ।

    उनले समग्र उपमहानगरको बजेट माथि चर्चा गर्दै चालूआर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्षका लागि करिब ३६ करोड बजेट घटेर आएको जानकारी गराए । उनले यो चिन्ताको विषय रहेको बताए ।

    Advertisement

    आर्थिक वर्ष ०८१/०८२ को लागि प्रस्तावित योजना, कार्यक्रम संकलनका लागि गरिएको भेलामा सार्वजनिक सनुवाई एवं वार्षिक प्रगति समिक्षा पनि गरिएको थियो ।

    भेलामा वडाको विकासको लागि अरुको मुख मात्रै ताक्ने प्रबृत्ति त्याग्नुपर्ने भन्दै सामूहिक हातेमालो गर्न परसराम कुर्मीले आह्वान गरे । वडाअध्यक्ष कुर्मीले सिमित बजेट र असिमित चाहानाले सबैप्रकारको चुनौती रहेको बताए । उनले स्थानीय माग र आवश्यकता अनुसार नै योजनाका काम सम्पन्न गर्ने जानकारी गराए ।

    Advertisement

    वडा सदस्य राम सुहवान कुर्मी, मन्सुर खाँ, अमृता सिहँ,लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आर्थिक वर्ष २०८१।०८२ को लागि वडा भित्रका टोल विकास संस्था, विद्यालय, क्लव, विभिन्न संघसंस्था र वडावासीहरुले आफ्नो योजना लिखित तथा मौखिकरुपमा पेश गरेका थिए ।

    भेलामा बिशेषतः सडक निर्माण, ग्रावेल, सरसफाई, नाला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, वत्ती, खानेपानी, लक्षित वर्गका लागि व्यवसायिक दक्षता सम्वन्धि तालिम आदि विषयलाई प्राथमिकतामा राख्न माग गरिएको छ । कार्यक्रममा वडा सदस्यहरू, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »