२७ जेठ, काठमाडौँ । महिला उद्यमशीलताको विकास र सशक्तीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकालले आफ्नो अहम भूमिका निर्वाह गर्दै उनीहरुको क्षमता विकास गर्न कदम अगाडि बढाएको छ ।
महिला उद्यमीको विकासका लागि नारी विकास केन्द्र नेपालगञ्ज संग समन्वय गरेर विभिन्न सिपमुलक योजना अगाडि बढाएको हो ।
Advertisement
स्थानीय स्रोत साधन र सीपको प्रयोग गर्दै उद्योग/व्यवसाय सञ्चालन गरी अन्य व्यक्तिलाई समेत पूणर् वा आंशिक रोजगारी प्रदान गर्ने महिलालाई सघाउन नगर योजनावद्ध रुपमा अगाडि बढेको हो ।
नेपालगञ्ज स्थित नारी विकास केन्द्रको भवनमा एउटा कोठा लिएर नेपालगञ्ज अन्र्तगत महिला विकास शाखाले महिलाहरुलाई सिप सिखाउदैँ लगानीमा समेत चासो व्यक्त गरेको छ ।
Advertisement
पछाडि परेको समुदायका महिलालाई समेट्ने गरी सिपमुलक तालिमहरु आयोजना गरेर उनीहरुको विकास र प्रवद्र्धनमा महिला विकास शाखाले चासोको साथ अगाडि बढीरहेको अधिकृत मञ्जु पाण्डेयले जानकारी गराइन ।
उनले भनिन्, ‘हामी अलि नयाँ ढंगले व्यवहारिक रुपमा महिलाहरुको क्षमता विकासको सवालमा कार्य गर्दै आइरहेका छौँ ।’
Advertisement
प्राय तराई भेगको मधेसी मुस्लिम समुदायका महिलाहरु पछाडि परेको हुनले उनीहरुको क्षमता विकास गर्न उद्यमी बनाउन विभिन्न तालिम दिदैँ आइरहेका अधिकृत पाण्डेयले नाईल खबरलाई जानकारी गराइन ।
यति मात्रै नभई उनीहरुलाई स्थानीय श्रोत साधन प्रयोग गरेर व्यापार स्थापित गराउन नगरको कोषबाट करिब एक लाख रपैँया बराबरको सामाग्री प्रदान गरेर हस्तान्तरण गर्ने योजना समेत रहेको अधिकृत पाण्डेयले जानकारी गराइन ।
Advertisement
उनले विस्तृतमा भनिन्, ‘शुरुमै महिलाहरुलाई व्यवयास स्थापना गर्न अप्ठयारो हुने भएकोले नगरबाट केही बजेट उनीहरुको विकासमा लगानी गर्ने योजना रहेको छ । महिला उद्यमीहरुको हकमा नगरले पनि नीति तथा कार्यक्रम निर्माण गर्नुपर्छ ।’
यसबाट उनीहरुले गर्ने आमदनी आफैसंग राखेर थप व्यवसायमा लगानी गर्न सकिने पाण्डेयले बताइन ।
परिस्थिति सधैं आफ्नो अनुकुल नहुने भएकोले प्रतिकुल परिस्थितिमा समेत नडगमगाउने महिला नै सफल हुने गरेका छन । उनीहरुले महिला अघि बढ्नका लागि पुरुषको साथ पनि आवश्यक रहेको छ । घर बाहिर निस्केका महिलालाई घरकोसँगै बाहिरको समेत काम गर्नुपर्ने बाध्यता रहेको हुनले पुरुषको साथ आवश्यक रहेको छ ।
महिलाहरुलाई अगाडि ल्याउनको लागि पुरुषहरुले पछाडि परेका महिलाहरुलाई सहयोग गर्ने र अगाडि बढीरहेका महिलालाई समर्थन गर्नुपर्ने देखिन्छ । उनले भनिन्, ‘चाहे त्यो कुनै पनि स्थान होस् । महिला एक्लैले लागेर गर्न सकिदैन । त्यसैले हामीलाई पुरुषहरुको सहयोग, साथ र समर्थन पनि चाहिन्छ ।’
वित्तिय संस्थाले सहजै विश्वास नगर्ने, घरायसी सहयोगको अभाव, महिलालाई घर बाहिर देख्न नचाहाने मानसिकता, अध्ययन नै पुरा नभई विवाह गरिदिने चलन महिला उद्यमीलाई चुनौति रहेको अधिकृत पाण्डेयले बताइन ।
महिला विकासका लागि यस बाहेक नेपालगञ्ज उपमहानगरपालिकाले नेपालमै पहिलो पटक लैङ्गिक हिंसा निवारणका लागि पुरुष सञ्चाल गठन गर्ने कार्यविधि पास गरेको अधिकृत पाण्डेयले जानकारी गराईन ।
उक्त कार्यविधि अनुसार नेपालगञ्ज उपमहानगरपालिका भित्रको समाजसेवी अथवा ईच्छुकले नगरमा निवेदन दिने र त्यस मध्ये २५ जनालाई छानेर सञ्जाल गठन गर्ने नगरको तयारी रहेको छ । महिला विकासको सवालमा यो सञ्जालले पनि नगरलाई सहयोग गर्ने विश्वास लिइएको छ ।
यो समुदाय बदल्नको लागि सामुदायिक सचेता र समाजका अगुवा अथवा जानकारले व्यवाहारिक रुपमा उतार्नु पर्ने अधिकृत पाण्डेयले भनिन् ।
नगरले गरीरहेको गतिविधि, अभियानलाई निरन्तरता दिदैँ यस क्षेत्रमा बजेटलाई समेत विस्तार गर्नुपर्ने जरुरी रहेको बताइएको छ ।
यस बाहेक नगरले दाईजो पर्था अन्त्य गर्न कार्यविधि समेत ल्याइरहेको अधिकृत पाण्डेयले जानकारी गराइन । यो संगै बाल मैत्री स्थानीय शासन घोषणा गर्ने समेत नगरको लक्ष्य रहेको छ ।
टिप्पणीहरू