२७ जेठ, कपिलवस्तु । हजयात्रीको सहजीकरणका लागि गठन भएको समितिले हाजीहरुकोे सेवा तत्पर रहेको देखिएको छ । नवनियुक्त समितिले हाजीहरुलाई स्वस्थ यात्रा गराउन आफ्नो अहम भूमिका निर्वाह गरिरहेको बताइएको छ ।
नेपाल हज समितिका नवनियुक्त सदस्य राशिद मिर्जा वेगको अगुवाईमा जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेका हजयात्रीहरुलाई नमाज पढ्ने, हज गर्ने, त्यहाँका वातावरण अनुसार पोसाक, दान पुण्य, खान बस्न व्यवस्थापन लगायतका विषयमा सहजिकरण गरिरहेको बुझिएको छ ।
Advertisement
सदस्य मिर्जाले भने, ‘नेपाल हज समितिको सदस्यको हैसियतमा म विश्वस्त छु कि हामी आफ्नो तर्फबाट हज यात्रीहरूलाई बिगतभन्दा आरामदायी हजको अनुभूति गराउन सक्दो प्रयास गर्नेछौं ।’
अध्यक्ष इश्नामुल्ला मियाँले हाजीहरुको अवश्यकता अनुसार चौबिसै घण्टा दुई जना डाक्टर सहित समिति १० जनाको समूहले स्वस्थ हज गराउन पूणर् रुपमा सहयोग गरिरहेको बताए ।
Advertisement
इस्लामको धार्मिक परम्परा अनुसार आफ्नो जीवनमा एक पटक गर्नै पर्ने हज यात्रालाई सहज र सरल बनाईरहेको सदस्य मिर्जाले नाईल खबरलाई जानकारी गराए । इस्लाममा हज गरेपछि हाजी नवजात बच्चा जस्तै पवित्र हुन्छन र धार्मिक क्रियाकलापमा ईमान्दारिताले निर्वाह गर्नुपर्ने हुन्छ ।
हज समितिको १० जना सदस्या सहित २ जना चिकित्सकको समूह पनि हज यात्री संगै गएका छन । देशभरबाट ७६३ जना जसमा कपिलवस्तुबाट ८६ जना हजका लागि गएका तथ्यांक छ ।
टिप्पणीहरू