२७ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।
यसअघि शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको रिट ‘हेर्दा हेर्दै’मा राखिएको थियो ।
Advertisement
जसपा नेपाल विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै अध्यक्ष यादवले त्यस विरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उनले वैशाख ३१ गते रिट दायर गरेका थिए ।
निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको असंवैधानिक रहेको जनाउदैँ यादव सर्वोच्चमा पुगेका थिए ।
टिप्पणीहरू