१७ जेठ, काठमाडौँ । पशुपतिनाथ मन्दिरको चारवटै खुल्ने भएका छन । ढोका आउँदो असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् ।
श्रद्धालुहरुको बढ्दै गएको चापका कारण सबैले बिहानको समयमा पशुपतिनाथका चार वटै ढोकाबाट दर्शन गर्न पाउने उद्देश्यका साथ ढोका खोलिने भएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो ।
Advertisement
यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८.३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिन्थ्यो । महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
टिप्पणीहरू