Close sidebar
  • ताजा
  • लोकप्रिय
  • शिवाषिस गुप्ताको नेतृत्वमा लायन्स कलब अफ नेपालगञ्ज युथ सर्वसम्मत

    १० जेठ, बाँके । लायन्स कलब अफ नेपालगञ्ज युथ लायनको सर्वसम्मत रुपमा नवसमिति चयन भएको छ । वर्ष २४-२५ को लागि शिवाषिस गुप्ताको नेतृत्वमा लायन्स कलब अफ नेपालगञ्ज युथ लायन सर्वसम्मत रुपमा चयन भएको हो ।

    बिहीबार एक कार्यक्रम बीच लायन्स कलब अफ नेपालगञ्ज युथ लायनको नेतृत्व चयन भएको हो ।

    Advertisement

    युथ लायनको प्रथम उपाध्यक्षमा विजय श्रेष्ठ, द्वितीय उपाध्यक्ष नविन खड्का, सचिवमा शुभम पाठक, कोषाध्यक्षमा अमन कुमार गुप्ता चयन भएका लायन्स कलब अफ नेपालगञ्ज युथ लायनका पुर्वाध्यक्ष विवेक कुमार श्रेष्ठले जानकारी गराए ।

    लायन्स कलब अफ नेपालगञ्ज युथ-२३ का अध्यक्ष प्रदिप पौडेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सर्वसम्मत नवसमिति चयन गरेको हो ।
    लायन्स कलब अफ नेपालगञ्ज युथ साल २०११ मा स्थापना भएको हो । यस संस्थाले विभिन्न सामाजिक कार्य एवं गतिविधिहरु संचालन गर्दै आएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »