Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा महिला पक्राउ

    प्रतिकात्मक तस्बिर

    १० जेठ, काठमाडौँ । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन ।

    नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्मी लामालाई प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको उजुरी आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको केन्द्रिय प्रहरीले जनाएको हो ।

    Advertisement

    उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »