३१ बैशाख, बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले खोटाङ जिल्लाका स्थानिय नागरिकहरु संग अन्तरक्रिया छलफल तथा आगलागी पीडित पुर्व प्रहरी कर्मचारीलाई राहत बितण गरेका छन ।
जिल्ला प्रहरी कार्यालयहरुको निरीक्षण भ्रमणको सिलसिलामा जिल्ला प्रहरी कार्यालय खोटाङ पुगेका प्रदेश प्रहरी प्रमुख खापुङले जिल्लाका स्थनिय नागरिक, जनप्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख, जेष्ठ नागरिक, महिला संजाल, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी तथा स्थानिय भद्रभलाद्मीहरु संग जिल्लाको शान्तिसुरक्षाको अवस्था, शान्तिसुरक्षाको निम्ति प्रहरीद्वारा निर्वाह गर्नु पर्ने भुमिका, प्रहरीसंग स्थानिय बासीको अपेक्षा तथा प्रहरी र स्थानियबासी बिचको सम्वन्ध साथै अपराध नियन्त्रणको लागि नागरिकहरुबाट प्रहरीलाई उपलव्ध हुनु पर्ने सहयोग लगायतका विविध बिषयमा आइतबार अन्तरक्रिया तथा छलफल गरेका थिए ।
Advertisement
साथै उनले सोही कार्यक्रममा बैशाख १४ गते आगलागीबाट पीडित भएका पुर्व प्रहरी कर्मचारी हलेसी तुवाचुङ नगरपलिका-९ का (पुर्व प्र.स.नि.) गोपाल बहादुर थापामगरलाई राहत स्वरुप प्रहरी कल्याण कोष, जिल्ला प्रहरी कार्यालय खोटाङबाट संकलित रकम तथा व्यक्तिगत तर्फबाट समेत गरी नगद १ लाख ५० हजार ५ सय रुपैया हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा प्रदेश प्रहरी गण बिराटनगरका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खडका लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
















टिप्पणीहरू