Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज मातातीर्थ औँसी

    २६ बैशाख, काठमाडौँ । आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनका रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मनाइँदैछ ।

    वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा आफ्नी आमालाई विभिन्न उपहार सहित आशीर्वाद थाप्ने चलन छ ।

    Advertisement

    आमा नभएकाहरुले दिवङ्गत आमाको नाममा श्राद्ध गरी स्मरण गर्ने गर्दछन । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ । आमा नहुनेहरुले आज काठमाडौंको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने प्रचलन छ ।

    नेपाली हिन्दूहरुले वैशाख कृष्ण औँशी आमाको मुख हेर्ने र भाद्र कृष्ण औँसी बुवाको मुख हेर्ने पर्वका रुपमा मनाउने चलन छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »