२० बैशाख, कपिलवस्तु । तराई क्षेत्रमा अत्याधिक गर्मी बढेको छ । केही दिन यता बिहानैदेखि गर्मी र दिउँसो तातो हावा चलिरहेको कारणले जनजिवन समेत प्रभावित भएको छ ।
अत्यधिक गर्मीका कारण विभिन्न स्थानका विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ । बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । उपमहानगरले सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालय बिदा दिने निणर्य गरेको छ ।
Advertisement
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले केही दिनयता तातो हावा चल्न थालेकोले विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएको भन्दै वैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिएको बताएका छन ।
विद्यालय बन्द भए पनि जारी कक्षा १२ को परीक्षा भने यथावत् रहने उपमहानगरको सूचनामा उल्लेख छ ।
टिप्पणीहरू