Close sidebar
  • ताजा
  • लोकप्रिय
  • यूएईमा फेरी भीषण वर्षा, होसियारी अपनाउन अलर्ट जारी

    २० बैशाख, काठमाडौँ । युनाइटेड अरब इमिरेट्रसमा विहीबार बिहानै देखि भीषण वर्षा भएको छ । अबुधावी र दुवई क्षेत्र वर्षाबाट बढी प्रभावित भएको जनाइएको छ ।

    दुवईका बासिन्दा बिहान उठ्दा हुरी, आकाशमा गडगडाहट र चट्यांङ्गको अवस्था रहेको सञ्चारमाध्यम गल्फ न्यूजले उल्लेख गरेको छ । मौसम प्रक्षेपणभन्दा अघि नै बिहान ३ बजे नै यो अवस्था आएको थियो । खाडी मुलुक यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति गराएको थियो ।

    Advertisement

    ठूलो वर्षा सुरुमा राजधानी अबुधावीबाट सुदूर पश्चिममा रहेका अल धाफ्रा र अल शिला क्षेत्रमा महसुस गरिएको थियो ।

    विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको जनाइएको छ । अत्यावश्यक बाहेक ड्राइभिङ्ग नगर्न र अत्यावश्यक परेमा होसियारी अपनाउन सरकारी निकायले सर्वसाधारणलाई अलर्ट जारी गरेको छ ।

    Advertisement

    भारी वर्षाका कारण यूएईमा दुई दिन बिदा समेत दिइएको छ । यूएईमा बिहीबार र शुक्रबार बिदा दिइएको हो ।

    अधिकारीहरूका अनुसार बिदाको उद्देश्य शिक्षक र विद्यार्थीको सुरक्षा सुनिश्चित गर्नु हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »