२० बैशाख, बिराटनगर । झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित गाँजा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार झापाको बिर्तामोड नगरपालिका- ३ पन्चकन्याटोल स्थित एक घरमा लागुऔषधको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले भारत बंगालकी २५ बर्षीया सन्नी सांह र इलामकी २२ बर्षीया मनिसा राईलाई ब्राउनसुगर ७ ग्राम ६० मिलिग्राम, नेपाली नगद १६ हजार ३६५, भारतिय नगद ३ हजार ९६० रुपैया र बिभिन्न कम्पनीको मोबाईल ४ थान बरामद गरेको हो ।
Advertisement
यस्तै, इलाका प्रहरी कार्यालय खजुरगाछीबाट गौरीगंज गाउँपालिका- ४ स्थित खटिएको प्रहरी टोलीले को १७ प ४८५३ नम्बरको मोटरसाईकलाई शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक गौरादह- १ का १९ बर्षीय लुखिराम बास्कीको साथबाट ब्राउनसुगर ५१० मिलिग्राम फेला पारी मोटरसाईकल पछाडी सवार २३ बर्षीय योगेश राजबंशीलाई समेत नियन्त्रणमा लिएको हो ।
यस्तै, सुनसरीको धरान- १७ का २९ बर्षीय रोमन बिश्वकर्मा र ३५ बर्षीय राज कुमार बिश्वकर्मालाई ५ मिलिग्राम ब्राउनसुगर र नगद १५ हजार ८१५ रुपैया सहित अस्थाई प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
Advertisement
सोही दिन धरान- २० बाट इलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट विष्णुपादुकबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०६-००१प००८३ नम्बरको मोटरसाईकलाई शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट १३ किलोग्राम गाँजा बरामद गरेसंगै मोटरसाईकल चालक धनकुटा सहिदभुमी गाउँपालिका- १ का २४ बर्षीय अनिल कटुवाललाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
टिप्पणीहरू