१० बैशाख, बाँके । नेपाल शिक्षक संघ नेपालगञ्जको कार्यसमिति सदस्य अम्बिका पाठक नगरसमितिको अध्यक्ष चयन गर्ने विषयमा बसेको बैठकमा बस्न पाईनन् ।
संघको आज रानीतलाब स्थित महेन्द्र मा.वि.मा बसेको पदाधिकारीको बैठकमा पाठकलाई सहभागी हुन नदिएपछि आफ्नो अधिकार हनन् भएको बताएकी छन ।
Advertisement
हनुमान आधारभूत विद्यालय जमुनाहको शिक्षक रहेकी पाठकले आफु समितिको सदस्य हुदाँ हुदैँ समितिका अध्यक्ष कृष्ण गोपाल वर्माले बैठकमा बस्न नदिएको बताएकी छन । रेजिष्टरमा नाम नै रहेको जनाउदै अध्यक्ष वर्माले बैठकमा बस्न नदिएको पीडित पाठकले जानकारी दिईन । उनले नेतृत्वकर्ताको यस्तो व्यवहारले आफुलाई अत्यन्त दुखित तुल्याएको जिकिर गरिन ।
उनले नाईलकर्मीलाई जानकारी गराउदैँ भनिन्, ‘म सदस्य हो, म संग संघले दिएको प्रमाणपत्र पनि छ । बैठकमा म सहज रुपमा गए । मलाई यस्तो गर्नुहुन्छ अपेक्षा पनि थिएन । अपेक्षा भए म केही तयारी गर्थिए होला ! सिधै म जाने थिएन् ।’
Advertisement
यस बैठक भन्दा अगाडि बसेको समितिको बैठकमा पनि सूचना नदिएको कारण नबसेको उनले जिकिर गरिन् । उनले भनिन्, ‘मलाई सूचना नै दिईएन । कुनै प्रकारको सूचना गरिएन् ।’
उनले भनिन्, ‘आज पनि म आको सोध्नलाई किन सर मलाई फोन पनि गर्नुहुन्न, एउटा म्यासेज पनि गर्नुहुन्न् ? कम्तिमा एउटा जानकारी हुनुपर्ने हो ।’ उनले जानकारी नभएर आउन नमिल्ने भएकोले बैठकमा सहभागी हुन नसकेको गुनासो पोखिन ।
Advertisement
अध्यक्ष वर्माको पद अनुसारको यस्तो व्यवहार गर्नु अलि असुहाउँदो रहेको पाठकले बताइन ।
एउटा समाज वा समुहको बीचबाट आफुलाई अध्यक्षको व्यवहारले अपमानित गरेको महसुस गराएको र आफु यस प्रति असन्तुष्ट रहेको सदस्य पाठकले बताइन । ‘अध्यक्षले कम्तिमा मैले भने पछि समिति गठनको रेजिष्टर हेर्नुपर्दथ्यो । तर उहाँले त्यसो गर्नुभएन ।’
नगर समितिका अध्यक्ष वर्माले समितिको आन्तरिक विषय रहेको र आफुहरुले मिलाउने बताएका छन । उनले भने, ‘यो शिक्षक संगको आन्तरिक कुरा हो । प्राविधिक केही गडबढी भएको हो । हामी मिलाउछौँ । हामी भोली पर्सी बसेर मिलाउछौँ ।’
Advertisement
हाल सम्म बसेको बैठकमा सदस्य पाठकको नाम नदेखिएको र आफुहरुको बुझाईमा सदस्य पाठक केही नरहेको अध्यक्ष वर्माले बताए । उनले भने, ‘विगतमा बसेको बैठकमा पनि उहाँ आउनुपर्ने र सदस्य रहेको प्रमाणपत्र ल्याउन सक्नुहन्थियो ।’
रेजिष्टरमा नाम नै नदेखेपछि आफुहरु कुन आधारमा खबर गर्ने र खबर तथा सूचना दिने कार्य सचिवको रहेको अध्यक्ष वर्माले बताए ।
टिप्पणीहरू