Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लहान एक्स्पो महोत्सव बारे व्यापक जनगुनासो

    ८ बैशाख, सिरहा । सिरहाको लहानमा सञ्चालित लहान एक्स्पो महोत्सव बारे व्यापक जनगुनासोहरु आउन थालेका छन् ।

    ‘समृद्धिको आधार, कृषि, पर्यटन उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाले आयोजना गरेको लहान एक्स्पो महोत्सवमा स्थानीय उत्पादन, कृषि जन्य घरेलु उत्पादन, साना व्यवसायीलाई पाखा, ठुला व्यव्सयीलाई प्राथमिकता, स्टल शुल्क, प्रवेश शुल्क, मनोरञ्जन (पिङ तथा अन्य) शुल्क महँगो तथा सांस्कृतिक कार्यक्रमको नाउँमा अश्लील नृत्य नाँच जस्ता गुनासो तथा विकृतिहरु देखा परेका हुन ।

    Advertisement

    मेला आयोजना हुनु अगाडी पशुपति आदर्श मा.वि.को परिसरमा आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास शारदाले मेलाको व्यवस्थापकीय पक्ष तथा महोत्सवले लहानको व्यापार तथा पर्यटन प्रवद्र्धन र प्रचारप्रसार संगै स्थानीय कृषि, पर्यटन, उद्योग र व्यापार, संस्कृती, स्थानीय खाना तथा परिकारको उजागर गर्ने जानकारी गराएका थिए ।

    तर, संचालित मेलामा व्यापक गुनासो तथा विकृतिहरु देखा पर्न थालेका छन । मेलामा रहेको स्टलहरू खालीको अवस्था एकातिर छ भने अर्कोतिर भएको सटलहरुमा व्यापार राम्रो नभएको व्यापारीहरूले बताएका छन् ।

    Advertisement

    मेलामा व्यवस्थित पार्किङको व्यावस्था नहुँदा स्थानिय शहीद चौंक देखि घण्टाघर सम्म आवजाउ प्रभावित बनेको छ ।

    मेलामा कृषी उपज सामग्रीहरू राखिएको छैन भने मेलामा टिकट दर बढी भएको कारण स्थानियहरू पशुपति आदर्श माविको वरिपरि चित्त बुझाउन विबस भएको देखिन्छ ।

    Advertisement

    मेलामा संचालित सांस्कृतिक कार्यक्रमलाई अश्लील गीतमा अस्लिल नृत्य भइरहेकोले स्थानिय कला संस्कृति र भेष भुषालाई पछाडि धकेलेको राजनैतिककर्मी, बुद्धिजिवी, तथा सञ्चारकर्मीहरुले समाजिक सञ्जालमा टीका टिप्पणी गरिरहेका छन । यति बेला महोत्सवको चौतर्फी आलोचना भइरहेको छ ।

    व्यापार मेलाको रङ्गमञ्चमा आफ्नो प्रस्तुति सहित उद्योग बाणिज्य संघ लहानका अध्यक्ष विकास शारडा समेत देखिएका छन् । शारडा आफ्ना नृत्य प्रस्तुतिका साथ मञ्चमा एकाएक देखा परेपछि दर्शकमा कौतुहलता जागेका छ ।

    Advertisement

    स्थानिय कला संस्कृति, भेषभुषा र लहान नगरपालिका भित्र रहेका विभिन्न विद्यालयहरुमा रहेको बाल प्रतिभाहरुलाई पाखा लगाउँदै लहान व्यापारिक मेलामा कतिपय स्टलहरु खाली रहेको छ भने टिकट दर स्थानीयको हक हित भन्दा बाहिर रहेको छ । अर्कोतिर लहान पशुपति आदर्श मावि परिसरमा मेला आयोजना भएको कारण पठन पाठन लगायत विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको देखिन्छ ।

    एक अभिभावकले व्यापारिक मेलाले विद्यार्थीहरुको भविष्य संग खेलवाड गरि आयोजकले ब्रहमलुट गरेको बताए ।
    मेलामा के-के प्रदर्शनी भएको छ ? के नगरपालिकाका ग्रामीण भेगका बासिन्दाले फाईदा लिन सक्ला ? आयोजक समिति सम्म ग्रामीण मानिसहरुको पहुँच पुग्ला ? के विद्यार्थीहरुले मेलामा प्रवेश गर्ने अवसर पाएका छन् त ? प्रत्येक दिन टिकटबाट उठेको रकमको हरहिसाब सार्वजनिक भइरहेको छ त ? कृषिजन्य उत्पादनहरूको मेलामा प्रदर्शनी भएको छ ? महोत्सवको लागी नगरपालिकाले लाखौं रकम दिए पनि नगरबासीलाई के फाईदा भएको छ ? नगर प्रमुखले आम जनताको विकासमा खर्च गरिनु पर्ने रकम मनोरञ्जनमा किन ? जस्ता प्रश्न सर्वसधारणहरुले गर्न थालेका छन ।

    महोत्सवको लागी नगरपालिकाले ४५ लाख रकम उपलब्ध गराइएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »